प्रायः पुरुषहरु सेक्स सम्बन्ध राखिसकेपछि थकान महसुस गर्ने गर्छ भने केही पुरुषहरु सेक्सपछि सुत्न मन पराउँछ । वर्तमान समयमा तनाव र व्यस्त दिनचर्याले गर्दा पनि थकान महसुस हुनुलाई प्रमुख कारण मानिएको छ ।
हार्मोनका कारण सेक्स सम्बन्धपछि थाक्नु र सुत्न मन पराउनुका यस संग वैज्ञानिक कारणहरु रहेका छन । यौन सम्बन्धपछि पुरुषमा हुने आक्सिटोसिन हार्मोनको स्राव र प्रोलेक्टिनको स्रावका कारण थकान महसुस हुन्छ । यौन सम्बन्धपछि पुरुषमा हार्मोनको स्राव बढेपछि आरामको अनुभव हुने र निन्द्रा आउने हुन्छ । धेरै मानिसहरु रातिको समयमा यौन सम्बन्ध राख्न रुचाउछन यति बेला फुर्सदको समय अर्थत सुत्ने समयलाई लिईन्छ । यो समयमा यौन सम्बन्ध राख्दा दिनभरिको थकान हटि गहिरो आरामको निन्द्रा हुने गर्दछ । त्यसैले रातको समयमा यौन सम्बन्धलाई निकै महत्वपूर्ण मानिन्छ । यौन चिकित्सकहरु यसलाई सबैभन्दा राम्रो व्यायाम भन्ने गर्दछन ।
यसले तनाव हट्नुका साथै आरामको पनि महसुस हुन्छ सेक्स सम्बन्ध पछि पुरुषहरु यौन सम्पर्कका बेला चरम आनन्दमा पुगेपछि थकान महसुस गर्ने गर्छन । जबकी महिलाहरु त्यसपछि पनि पुरुषको माया चाहन्छ । तर पुरुषले त्यतिबेला महिलाको भावना नबुझेर निदाउँछ । धेरै क्यालोरी खर्चिनु यौन सम्पर्क राखिसकेपछि महिलाको तुलनामा पुरुषको क्यालोरी धेरै खर्च हुन्छ । जसले गर्दा आन्तरिक रुपमा थकान बढ्न जान्छ र सुत्न बढि मन पराउँछ । तनाव हट्ने हुँदा सेक्सलाई राम्रो निन्द्राको लागि पनि निकै महत्वपूर्ण मानिन्छ ।
यौन सम्बन्धले थकान र तनाव दुबैलाई हटाउन मद्दत पुग्छ । । यौन सम्बन्धपछि शरीरमा रहेको हार्मोनको स्राव हुनुलाई राम्रो मानिन्छ । यसको अर्थ सेक्स सम्बन्धि कुनै पनि रोग नहुनु पनि हो । सेक्सपछि थकित हुनु र निन्द्र लाग्नु एक सामान्य कुरा हो ।
केही बेर यौन सम्बन्धपछि पुरुषका अङ्गलाई आराम चाहिन्छ । जसले गर्दा पुरुषहरु छिट्टै निदाउने गर्दछन । हुनतः यो बेला थकान धेरैबेरसम्म रहँदैन । पुरुषले चाहे थकान माथि नियन्त्रण पनि गर्नसक्छ । यसरी नियन्त्रण गर्न सके अफ्नो यौन साथीलाई खुसी पनि दिलाउन सकिन्छ ।